काठमाडौँ । कैलालीको धनगढीमा गएराति आगलागी भएको छ। आगलागीबाट एउटा मेडिकलसहित ८ वटा पसलमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
गएराति एक बजेदेखि शुरु भएको आगो पूर्णरुपमा निभाउने प्रयास भइरहेको छ। दुई वटा दमकल र सुरक्षाकर्मीको टोली तथा स्थानीय बासिन्दा आगो निभाउन खटिएका छन्।
बिजुली सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगो निभाउने र आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
