मोरङ । मोरङको उर्लाबारीमा एक सुन पसलमा लागेको आगो निभाउने क्रममा ४ प्रहरीसहित २२ जना घाइते भएका छन् । आइतबार साँझ मोरङको उर्लाबारी नगरपालिका– ७ मा रहेको दीपक कार्कीको घरमा रहेको सुन पसलमा लागेको आगो निभाउने क्रममा उनीहरु घाइते भएका हुन्।
घाइतेहरुमा उर्लाबारीका स्थानीय र उर्लावारीमै कार्यरत ४ जना प्रहरी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूमध्ये १० जनाको झापाको बिर्तामोडमा उपचारका लागि पठाइएको छ। यस्तै, ९ जनाको विराटनगर, २ जनाको उर्लाबारीकै गोदावारी तथा १ जनाको अरनिको अस्पतालमा उपचार भइरहेको छ।
सुन पसलभित्र आगलागी भएपछि सटर खोल्दा आगोको मुस्लोले लागेर उनीहरू घाइते भएको स्थानीयले बताएका छन् । करिब ३ घन्टापछि मध्यरात १२ बजे आगलागी नियन्त्रणमा आएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
