काठमाडौं । नवलपरासीमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । जिल्लाको देवचुली नगरपालिका ९ मा जीप दुर्घटना हुँदा घटनास्थलमा ६ जनाको मृत्यु भएको र एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
माझडाँडा बोलिङटारबाट कावासेती आउँदै गरेको आइतबार बिहान साढे ११ बजे जीप तीव्र गतिका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) ले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
