काठमाडौँ । नेपाल संवत् ११४४ को शु–अवसरमा फेदी नेवाः खल रुपा–५ कास्कीले ‘न्हुँदया भिन्तुना कार्यक्रम’ सम्पन्न गरेको छ । खलले (कार्तिक २५ गते) रुपा–५, फेदी स्थित आफ्नै भवनमा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङको प्रमुख आतिथ्यता तथा प्रतिनिधिसभा सदस्य शिव नेपालीको विशिष्ट आतिथ्यतामा ‘न्हुँदया भिन्तुना कार्यक्रम’ सम्पन्न गरेको हो ।
फेदी नेवाः खलका अध्यक्ष मोहन बहादुर जोशीको सभापतित्वमा आयोजित कार्यक्रममा नेवाः खल कास्कीका अध्यक्ष असोक पालिखे, पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कल बहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।
खलले प्रमूख अतिथि गुरुङको हातबाट ‘नेवाः छे बहुउद्देश्यीय भवन’ निर्माणमा आर्थिक सहयोग गर्ने केही सहयोगी दाताहरु र विभिन्न नेवारी चाडपर्ब, जात्रामा महत्वपूर्ण योगदान गरेको भन्दै खलका युवा संयोजक विश्वास श्रेष्ठलाई पनि सम्मानित गरेको सचिव सुरेन श्रेष्ठले नयाँ पुस्तालाई बताए ।
कार्यक्रममा क्या. शान्त कुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सचिव सुरेन श्रेष्ठ र सन्जना जोशीले सकार्यम सञ्चालन गरेका थिए । स्थापनाको छोटो समयमा नै पालिका र प्रदेश तहमै सक्रियमध्यको एक बन्न सफल खलले विभिन्न लाखे तथा सांस्कृतीक प्रदर्शनीमा अब्बल प्रस्तुती दिएर उत्कृष्ट हुँदै आएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
