राैतहटकाे माैलापुरकी मेयरलाई पुनर्बहाली गर्न सर्वाेच्चकाे अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ।

आज शुक्रवार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगले साहकाे पद गएको भन्ने निर्णयको बदर गर्न आदेश दिएको हो। सर्वोच्चको आदेशसँगै मेयर साहको पद तत्काललाई जोगिएको छ।

Advertisement

यसअघि नेकपा एमालेको सिफारिसमा आयोगले मेयर साहको पद निलम्बन गरेको थियो। साह २०७९ वैशाख ३० गते भएकाे पालिका चुनावमा एमालेबाट मेयरमा निर्वाचित हुनुभएकाे थियाे। तर उहाँले एमाले छाडेपछि पार्टीले कारबाही गरेकाे थियाे।

More News last news
Loading...