जनकपुरधाम । महोत्तरीबाट गत मंगलबारदेखि वेपत्ता भएका पाँच जना किशोरीहरु आज बिहान फेला परेका छन् । उनीहरु केहीबेर अघि धनुषाको ढल्केबरमा फेला परेका हुन्।
बाहिर जान लागेका बेला स्थानीयले रोकेर प्रहरीलाई जिम्मा लगाएका छन्। अहिले उनीहरूलाई इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ । अभिभावक बोलाएर जिम्मा लगाइने प्रहरी निरीक्षक राजकिशोर साहले जानकारी दिए।
महोत्तरीको औरही नगरपालिका–२ की १६ वर्षीया बसन्ती सदा, १६ वर्षीया प्रतिमा सदा, १८ वर्षीया संगीता सदा, १५ वर्षीया राजन सदा र २० वर्षीया रूवी सदा गत मंगलबारदेखि परिवारका सदस्यहरुको सम्पर्कमा थिएनन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
