सडकमा गीत गाएर क्यान्सपीडितलाई ६१,५०० रुपैयाँ संकलन

काठमाडौँ । तनहुँ घर भएकी बिना क्षेत्री विगत १ बर्ष देखि क्यान्सरबाट ग्रसित छिन् । उनको आर्थिक अवस्था निकै कमजोर भएको बुझेपछि २२ वर्षीय रोशन नेपालीले सडक छेउमा गितार बजाएर एवम् गीत गाएर बिनाको लागि ६१,५०० रुपैयाँ संकलन गरेका छन् ।

संकलित रकम उनले हस्तान्तरण पनि गरिसकेका छन्। उनले यस अघि आफ्नी १७ वर्षीया बहिनी र एकजना नानीको अपचारका लागि मन्दिरमा मानिसहरुको बाक्लो उपस्थिति हुने स्थानमा गीत गाएर खर्च उठाएका थिए ।

Advertisement

More News last news
Loading...