एनआरएनएको ११औँ अधिवेशन शुरु, अध्यक्षमा चार जनाको उम्मेदवारी

राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ महाधिवेशनको उद्घाटन गरेका छन् । मंगलबारदेखि काठमाडौंको सोल्टी होटेलमा सुरु महाधिवेशन आउँदो शुक्रबारसम्म चल्नेछ ।

आज र भोलि तेस्रो विश्व ज्ञान सम्मेलन हुनेछ । नयाँ नेतृत्व चयनका निम्ति बिहीबार मतदान हुने एनआरएनएले जनाएको छ । २००३ अक्टुबरमा स्थापना भएको एनआरएनए विश्वका ८७ देशमा विस्तार भइसकेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा हासिल गरेको ज्ञान, सीप र लगानी नेपालको विकासमा महत्वपूर्ण हुने बताए ।

Advertisement

उनले एनआरएनएहरु विदेशी नियोगसँग सहकार्य गरी नेपालमा लगानी भित्र्याउन, पर्यटक भित्र्याउन, नेपाली वस्तु विदेशमा निर्यात गर्न र नेपालको गौरवगाथा विश्वभर फैलाउन सक्ने बताए । अध्यक्षमा चार जनाले उमेदवारी दिएका छन् । एनआरएनएको ११औँ महाधिवेशनमा चार हजार २२७ मतदाता छन् ।

More News last news
Loading...