आज बढ्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज चार सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ७ हजार ७ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार ८ सय रुपैयाँ रहेको छ ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३१० रुपैयाँमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम भएको महासंघले जनाएको छ ।

More News last news
Loading...