लगातार आज ८औँ दिनपनि ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएकोमा आज एक हजार तीन सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ६ हजार एक सय रुपैयाँ रहेको छ ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ३४० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३१० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

More News last news
Loading...