वृद्धभत्ता लिन गएका वृद्ध लडेर घाइते, सांसद् बजगाइले गरे हेलिकोप्टरबाट उद्धार

काठमाडौं । गोरखा क्षेत्र नं १ बाट निर्वाचित सांसद राजेन्द्र बजगाईंले भीरबाट लडेर घाईते भएका बृद्वको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं ल्याएका छन् ।

वृद्धभत्ता लिन जाँदा भीरबाट लडेर घाइते भएका गोरखाको चुमनुब्री गाउँपालिका-२ का ८० वर्षीय वृद्ध छेवाङ दोर्जे लामालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको बजगाईंका स्वकीय सचिव बुद्वि प्रसाद भट्टले बताए।

Advertisement

भट्टका अनुसार सांसद् बजगाईंले आफ्नै निजी खर्चमा हेलिकोप्टरबाट उद्धार गरेका हुन् । मंगलबार (हिजो) दिउँसो २ बजेतिर भीरबाट लडेका लामालाई हिजो दिनभरको उद्दार प्रयास विफल भएपछि आज बिहान ९ बजे महाराजगन्ज स्थित शिक्षण अस्पतालमा ल्याईएको छ। अहिले लामाको अवस्था सुधारउन्मुख रहेको छ।

सांसद् बजगाइँले यस अघिपनि जनताका विभिन्न प्रकारका घाइते र गर्भवती महिलाको निजी खर्च र सरकारी सहयोगमा हेलिकोप्टर मार्फत उद्धार गर्दै आएका छन् । सोमबार सरकार र सम्बन्धित निकायसँग हेलिकोप्टरका लागि अनुमति मागेका बजगाइँले सरकारले वेवास्ता गरेको भन्दै ‘काठमाडौँ महानगरका मेयर बालेन शाहले त्यसै आगो लगाउँछु’ भनेका रहेनछन् भनेर सरकार प्रति आक्रोश समेत पोखेका थिए ।

More News last news
Loading...