लत्रेपिपल ईन्टरटेनमेन्ट मिडिया हाउस प्रा.लि.ले हरितालिका तीज २०८० को अवसरमा खुल्ला तीज गीत तथा एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । पुतलीबजार–७ स्थित जनता माविको प्रांगणमा सम्पन्न तीज गीत तर्फ लत्रेपिपल समाज सुधार आमा समूह पुतलीबजार–३ प्रथम, कालिका आमा समूह पुतलीबजार–७ द्वितीय, नमुना आमा समूह पुतलीबजार–७ तृतीय र जनता मावि बिद्यार्थ समूह सान्त्वना भए ।
त्यस्तै, एकल नृत्य प्रतियोगिता तर्फ आरति रेग्मी प्रथम, रश्मी क्षेत्री द्वितीय, शिवानी क्षेत्री तृतीय र मोनिका थापा सान्त्वना भए। बिजेताहरुलाई नेपाली काँग्रेस क्षेत्र नं १ का सचिव तथा कार्यक्रमका प्रमुख अतिथि मनोज मल्लले नगदसहित प्रमाणपत्र बितरण गरेका थिए ।
लत्रेपिपल ईन्टरटेनमेन्ट मिडिया हाउसकाका अध्यक्ष प्रेम थापाको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं १ का सचिव मनोज मल्लको प्रमुख आतिथ्यता रहेको थियो ।
सो कार्यक्रममा पुतलीबजार नगरपालिका वडा नं ७ का अध्यक्ष कृष्ण बहादुर आले, वडा नं ३ का सदस्य सोम बहादुर कुवंर, वडा नं ७ का निबर्तमान अध्यक्ष बिश्वेस्वर प्रसाद रेग्मी, नेपाली काँग्रेस वडा नं ७ का सभापति नरेन्द्र बिक्रम थापाले शुभकामना मन्तव्य राखेका थिए भने संचालन समुन्द्र नेपालले गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
