स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा फोहोरको दीर्घकालिन व्यवस्थापनको काम सुरु गरिएको छ ।
नगरप्रमुख गुरुप्रसाद भट्टराईको सक्रियतामा गल्याङ बजारको फोहोरलाई दीर्घकालिन व्यवस्थापनको लागि काम सुरु गरिएको नगरपालिकाले जनाएको छ । लामो समय देखि बजार क्षेत्रको फोहोर उठ्न नसकेपछि नगरप्रमुख भट्टराईले फोहोरको दीर्घकालिन व्यवस्थापन गर्न समन्वय गरेको प्रमुख भट्टराईले बताए ।
गल्याङ नगरपालिकाले निर्माण गर्न लागेको सरसफाई केन्द्र निर्माण नभएसम्मका लागि गल्याङ नगरपालिकाको नकुहिने फोहोर वालिङ नगरपालिकाको प्रशोधन केन्द्रमा लैजाने सहमति भएको छ । सहमति अनुसार आज गल्याङ बजारको नकुहिने फोहोर संकलन गरेर वालिङ लगिएको छ ।
फोहोरको व्यवस्थापनका लागि फोहोरको वर्गिकरण मुख्य कुरा रहेको भन्दै यसको कार्यविधि नगरपालिकाले तयार गरेको भट्टराईले बताए । कार्यविधि अनुसार जथाभावी फोहोर फालेमा वा वर्गिकरण नगरेमा जरिवानाको व्यवस्था समेत भएको जानकारी दिदै उनले घरमा रहेको फोहोरलाई वर्गिकरण गर्न आह्वान समेत गरे ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
