र्‍यासनल मेनपावरको ठगी धन्दा, संचालक सम्पर्कबिहीन, समस्यामा जेलिँदै पीडित

काठमाडौं । नेपाली जनशक्ति विदेश पठाउँदै आएको कोटेश्वरको र्‍यासनल ओभरसिज म्यानपावरले वैदेशिक रोजगारीका नाममा ठगी गरेको खुलासा भएको छ । कम्पनीमा खाने बस्ने व्यवस्थासहित क्लिनरका लागि गएकी उदयपुरकी देविका कुमार सिङदान यसको एक प्रतिनिधि पात्र हुन् । र्‍यासनल ओभरसिज म्यानपावरका अध्यक्ष लोकेन्द्र बहादुर कार्कीको म्यानपावरलाई १ लाख ८५ हजार रकम बुझाएर १ महिना अघि कतार पुगेकी थिइन्।

उनका अनुसार, कतारको अम्सारादस्थित ब्लुटिम कम्पनीमा भनिएको थियो तर त्यहाँ पुग्दा भने परिस्थिति फरक थियो । काम कम्पनीमा नभई घर–घरमा थियो । त्यसमाथि पनि न त कुनै बस्ने व्यवस्था थियो न कुनै खानाको व्यवस्था । त्यसपछि पनि उनी काम नै हो भनेर घरको क्लिनरको कामलाई नै निरन्तरता दिइन् । र सोहि घरमा बसिन् । तर कामका लागि मात्रै आफूहरुलाई कामदार चाहिएको र बस्न खानाको व्यवस्था गर्न नसकिने भन्दै १६ दिनपछि उनले काम गर्ने घरबाट निकालियो ।

Advertisement

सिङदान जस्तै पीडित छन् नुवाकोटकी सिर्सानी तामाङ

सिङदानको साथमा थिइन् सोही मेनपावरमार्फत उनीसँगै गएकी नुवाकोट घर भएकी सिर्सानी तामाङ । क्लिनरका लागि कामदार चाहिएको छ भनेपछि तामाङले पनि सोही मेनपावलाई १ लाख ७३ हजार तिरेर दुबैजना सँगै उडेका थिए । मेनपावरले उक्त ब्लुटिम कम्पनीमा ८ घण्टा मात्रै काम गर्ने भनिए पनि त्यहाँ पुगेपछि घरमा १६ घण्टा काम गर्नुपर्ने बाध्यता यी दुबैलाई थियो । तमाङ र सिङदान गरि दुई जनाले मेनपावरलाई ३ लाख ५८ हजार तिरेर गएका थिए । तर ठगी गर्दै आएको मेनपावरले भने १० हजारको विल थमायो।

मेनपावरलाई गुर्हादा उल्टै चोरी केसको धम्की

आफूहरु अलपत्र परेपछि मेनपावरका अध्यक्ष कार्कीसँग सम्पर्क गरेको र कार्कीले भोलिसम्म बस्ने व्यस्था हुन्छ भन्दै झुलाएको पीडितपक्षको भनाई छ । “घरमा काम गरेको १५–१६ दिनसम्म त्यही बस्न दिएछन । तर आफूहरुले कामको लागि मात्रै कामदार चाहिएको र तिमीहरुलाई बस्न, खान दिन मिल्दैन भन्दै घरबाट निकालिदएछन् ।” पीडितकी दिदी मोनिकाले भनिन्, “कार्कीलाई सम्पर्क गरेर नेपाल फर्कने अनुरोध गर्दा उल्टै चोरीको आरोप लगाइदिन्छु भन्दै धम्काए।” कतारका अलपत्र परेपछि र मेनपावलरको त्यो धम्कीले दुर्बजनाले नेपाल नै फर्कने निर्णय गरे । त्यही भेट भएका नेपाली बहिनीहरु र साथीभाईको सहयोगमा आफ्नै खर्चमा उनीहरु १ महिनापछि देश फर्के । फर्केपछि मुस्किलले कार्कीसँग सम्पर्क गरेर आफूहरुले बुझाएको रकम फिर्ता माग्दा कार्कीले तिमीहरुसँग रकम दिएको कुनै प्रमाण छ भन्दै थर्काएको पीडितको भनाई छ । “पहिले जाँदा रकम नगद नै दिनुपर्ने र रकम मेनपावरलाई बुझाएपछि प्रमाणको रुपमा कुनै भौचर विल दिएको थिएन । १० हजारको मात्रै विल बनाएको थियो।” मोनिकाले भनिन् ।

प्रहरीमा निवेदन/मेनपावर संचालक सम्पर्क बिहीन

अहिले पीडितले तीनकुने प्रहरी चौकी र वैदेशिक रोजगार विभागमा निवेदन दिएका छन् । यस विषयमा सम्पर्क गर्न खोज्दा मेनपावरका प्रवन्ध निर्देशक राज रोकाको ९७६५३०९३६ नम्बरमा सम्पर्क गर्दा उनको नम्बर अफ छ । यद्यपी कार्की अहिले भागेर दुवैमा रहेको समेत अपुष्ट सूचना प्राप्त भएको छ भने कतारको उक्त कम्पनीमा कामदार चाहिएको भनेर मेनपावरको मिलेमतोमा मानव मेचविखन गर्ने राज रोक्का समेत सम्पर्कविहीन भएका छन् ।

More News last news
Loading...