आइफोन १५ सार्वजनिक, स्मार्टफोनमा जस्तै टाइप सी चार्जिङ सुविधा

काठमाण्डौ । लोकप्रिय अमेरिकी प्रविधि कम्पनी एप्पलले आइफोन १५ सार्वजनिक गरेको छ । गएराति अमेरिकाको क्यालिफोर्नियामा एप्पल कम्पनीले आइफोन १५ सिरिजअन्तर्गत आइफोन १५, आइफोन १५ प्लस, आइफोन १५ प्रो र आइफोन १५ प्रो म्याक्स गरी चार मोडल सार्वजनिक गरेको हो।

आइफोन १५ का सेटहरु पाँच वटा रंगमा उपलब्ध हुनेछन् । सेतो, कालो, गुलाबी, हरियो र पहेँलो रङमा पाइने सिएनएनले जनाएको छ । आइफोन १५ को शुरुवाती मूल्य सात सय ९९ डलर तथा आइफोन १५ प्रोको शुरुवाती मूल्य नौ सय ९९ डलर रहेको खबरमा उल्लेख छ ।

Advertisement

एप्पलले पहिलो पटक एन्ड्रोइड स्मार्टफोनमा जस्तै टाइप सी चार्जिङ सुविधासहितका सेट ल्याएको बीबीसीले जनाएको छ । पहिले आईफोनमा अन्य फोनभन्दा छुट्टै लाइट चार्जिङ पोर्ट थियो, जुन आईफोनको पहिचान पनि थियो।

तर अब एप्पलले यसलाई परिवर्तन गर्दै आफ्नो नयाँ आईफोनमा लाइटनिङ चार्जिङ पोर्टको साटो सी–टाइप चार्जिङ पोर्ट भएको जनाएको छ । युरोपेली सङ्घको दबाबमा कम्पनीले यो कदम चालेको खबरमा उल्लेख गरिएको छ।

आइफोन १५ र १५ प्लसमा प्राइमरी क्यामरा ४८ मेगापिक्सेलको रहेको छ भने १२ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा पनि रहेको छ । आइफोनका यी मोडलसँगै एप्पलले ब्राण्ड–न्यु एप्पल वाच अर्थात घडी समेत सार्वजनिक गरेको छ। यो घडीको ब्याट्री ७२ घण्टा चल्ने दाबी गरिएको छ भने युएसबी–सी एयरपड्स पनि सार्वजनिक गरिएकोे छ।

More News last news
Loading...