आज (बुधबार) घट्यो सुनको भाउ, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा एक लाख १२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आठ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६५० रुपैयाँ रहेको छ ।

Advertisement

त्यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । मंगलबार प्रतिताला एक हजार ४०५ रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर प्रतितोला एक हजार ३९० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

More News last news
Loading...