काठमाडौं। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार तोकिएको छ।
अघिल्लो दिन प्रतितोला एक लाख १२ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला चार सयले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार चार सय ५० तोकिएको छ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० ले घटेर एक हजार चार सय १० तोकिएको महासंघले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
