देशभर एकैपटक ५१ विद्युतीय सवारी चार्जीङ स्टेसन सञ्चालन, कहाँ-कहाँ ? (सूचीसहित)

काठमाडौं । देशभर एकसाथ ५१ विद्युतीय सवारी चार्जीङ स्टेसन सञ्चालनमा आएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री शक्तिबहादुर बस्नेतले आज नेपाल पुलिस क्लबमा बनेको चार्जिङ स्टेसन उद्घाटन गर्दै एकसाथ देशभरका चार्जिङ स्टेशन उद्घाटन गरेका हुन् ।

ऊर्जामन्त्री बस्नेतले उद्घाटन गरेसँगै नेपाल विद्युत प्राधिकरणले बनाएको देशभरका ५१ वटा चार्जिङ स्टेसन एकसाथ सञ्चानलनमा आएको हो । प्राधिकरणले करिब ३ वर्षअघि देशभर एकसाथ ५१ वटा चार्जिङ स्टेसन निर्माण गर्ने उद्घोष गरेको थियो ।

Advertisement

स्वदेशमै उत्पादित बिजुली खपत बढाउनुपर्ने र ‘क्लाइमेट चेञ्ज’ तीव्र गति रोक्न समेत विद्युतीय सवारीमा लगानी बढाउनुपर्ने ऊर्जामन्त्री बस्नेतले बताए । प्राधिकरणका अनुसार हाल देशभरका २३० हाराहारी स्थानमा चार्जिङ स्टेशन बनिसकेका छन् । धादिङको धार्केमा २ वटा, मुग्लिनमा १, रत्नपार्कमा १, सर्लाहीको हरिबनमा १ चार्जिङ स्टेसन सञ्चालनमा आएको छ।

सूची:

१. धार्के धादिङ– २

२. मुग्लिङ चितवन– १

३. साझा सेवा बल्खु काठमाडौं–२

४. साझा सेवा पुल्चोक ललितपुर–१

५. नेपाल विद्युत प्राधिकरण, रत्नपार्क काठमाडौं– १

६. नेपाल पुलिस क्लब, भृकुटीमण्डप काठमाडौं– १

७. पारस बसपार्क चितवन – २

८. खुर्कोट सिन्धुली– २

९. सिन्धुली बसपार्क सिन्धुली– १सर्ला

१०. इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी– २

११. हरिवन सर्लाही–२

१२. इनरुवा बसपार्क सुनसरी– १

१३. प्रहरी पेट्रोल पम्प, लाहान सिराहा– २

१४. कालिका फ्युल सेन्टर, मालेपाटन, पोखरा कास्की– २

१५. पर्यटक बसपार्क पोखरा कास्की– १

१६. दमक बसपार्क झापा– २

१७. बेलका नगरपालिका उदयपुर– २

१८. बिर्तामोड बसपार्क झापा– २

१९. सुर्खेत बसपार्क सुर्खेत– २

२०. हेटौंडा, रातमाटे मकवानपुर– २

२१. विद्युत प्राधिकरण तालिम केन्द्र खरिपाटी भक्तपुर– १

२२. प्रहरी पेट्रल पम्प, सामाखुसी काठमाडौं– २

२३. बेगनास ताल, पोखरा कास्की– १

२४. बुटवल बसपार्क रुपन्देही– २

२५. इटहरी सुनसरी– १

२६. विराटनगर मोरङ– १

२७. कोहलपुर नयाँ बसपार्क बाँके – २

२८. धनगढी कैलाली–२

२९. त्रिशूली हावा घर नुवाकोट– १

३०. बट्टार, त्रिशूली नुवाकोट– १

३१. कुश्मा पर्वत– १

३२. लमही बसपार्क दाङ– २

३३. लम्की कैलाली– १

जम्मा ५१

More News last news
Loading...