स्याङ्जा । नेपाली कांग्रेस स्याङजा पुतलीबजार नगरपालिका वडा नं ९ ले पार्टी संगठन विस्तार एवं जनतासँग भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । आज पुतलीबजार न.पा. ९ कोल्मामा सम्पन्न कार्यक्रममा पूर्वप्रदेश मन्त्री एवं नेपाली कांग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठ, स्याङ्जा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य एवं कांग्रेस जिल्ला सभापति राजु थापा र नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेश पूर्व प्रदेश सभा सदस्य भगवत प्रकाश मल्लको सहभागीतामा सम्पन्न भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश कार्यसम्पादन सदस्य कुम बहादुर गुरूङ, पुतलीबजार नगर उपप्रमुख एवं कांग्रेस नेत्री देवी अर्याल, कांग्रेस विरुवा गाउँपालिका सभापति डिआर पोखरेल, भीरकोट नगरपालिका सभापति लक्ष्मण अधिकारी, पुतलीबजार नगर सभापति सुरज कुमार अधिकारी लगायतका कांग्रेस नेताहरु सहभागी थिए ।
कार्यक्रममा प्रदेश उपसभापति श्रेष्ठले विभिन्न कालखण्डमा कांग्रेसले जनताका लागि धेरै महत्वपूर्ण कार्य गरेको भन्दै कांग्रेसप्रति विश्वास गर्न आग्रह गरे । केन्द्रीय सांसद एव कांग्रेस जिल्ला सभापति थापाले देशको विकास गर्नका लागि सबैजना स्वावलम्बी बन्नु जरुरी रहेको भन्दै स्वावलम्बी बन्न आग्रह गरे । यस्तै थापाले आफ्नो कार्यकालमा समग्र जिल्ला र क्षेत्रको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि जनाए।

यस्तै कांग्रेस नेता मल्लले कांग्रेसले विभिन्न तहमा धेरै कामहरु गरेको तर प्रचार नभएको भन्दै ती कामहरुलाई जनस्तरमा पुर्याउन सबैसमक्ष आग्रह गरे । कागेस नेता जीतबहादुर गुरुङ्गको सक्रियतामा आयोजना भएको कार्यक्रममा कांग्रेस नेता लोकराज पोखेलले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
