लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघ (लेउवा संघ) को सदस्यमा पोखरा ३२ का व्यवसायी तथा समाजसेवी भुवानी प्रसाद पौडेलले उमेद्वारी दिने घोषणा गरेका छन् । पौडेलले लेउवा संघको यहि भदौ २३ र २४ गते हुन गइरहेको १४औँ अधिवेशनमा आफुँले तालचोक भन्दा तल हुने व्यवसायी माथिको विभेद विरुद्ध उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
लामो समयदेखि पोखरा ३२ तल्लो गगनगौंडामा व्यवसाय र समाजसेवा गर्दै आएका पौडेलले पोखरा महानगरले विजयपुर वारी जुन विभेद गर्छ त्यहि शैलीमा लेउवा संघले पनि तालचोक पूर्वका व्यवसायीलाई विभेद गर्ने गरेको भन्दै आफुँहरु एक भएर अधिवेशनमा लागेको बताए ।
पौडेलले नयाँ पुस्तासँग भने, “लेखनाथ उद्योग वाणिज्य संघमा आबद्ध ठुला व्यापारी र साना व्यापारीबीच पनि धेरै विभेद छ । उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सवमा स्थानीय व्यापारीको भन्दा बाहिरी ब्यापारीको महत्त्व धेरै गर्ने गरेका छन् । उहाँहरुले कहिल्यै पनि साना व्यवसायीका समस्या समाधान तर्फ ध्यान दिनुभएन यसको समाधानका लागि पनि मेरो उमेद्वारी हो ।”
हाल आरधाना पौडेल किराना पसल सञ्चालन गर्दै आएका पौडेल प्रगतिशिल सामुदायिक वन समितिको अध्यक्ष, तल्लो गगनगौडा बचत तथा ऋण सहकारी संस्थामा सचिव, हिमालय आधारभूत विद्यालय व्यवस्थापन समितिको पूर्व अध्यक्ष, शक्ति युवा क्लबको पूर्व अध्यक्ष, सहकारी केन्द्र नेपाल, कास्कीको कोषाध्यक्ष तथा गगनगौंडा बजार व्यवस्थापन समितिको अध्यक्ष छन् ।
पौडेल गत स्थानीय तहको निर्वाचनमा पोखरा ३२ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) बाट उमेद्वार समेत बनेका थिए । लामो समयदेखि व्यवसाय, समाजसेवाको अलवा उनी माओवादी केन्द्रमा रहेर राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । पौडेल हाल माओवादी केन्द्रको पोखरा महानगर कमिटी सदस्य समेत हुन् ।
लेउवा संघको १४औँ महाधिवेशनमा बर्तमा वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ र व्यवसायी भरत कुमार अधिकारीले अध्यक्षमा उमेद्वारी घोषणा गरेर चुनाव प्रचार प्रसारमा होमिएका छन् ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
