आज बढ्यो सुनचाँदीको भाउ, तोलाको कति ?

काठमाडौँ । सुनचाँदीको भाउ आज पनि बढेको छ । सुनको भाउ आज तोलामा एक सय रुपैयाँले र चाँदीको १० रुपैयाँले भाउ बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँ छ।

Advertisement

यस्तै, चाँदी तोलामा एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

More News last news
Loading...