गण्डकीमा माओवादी नेताहरूको जिम्मेवारी हेरफेर, कसलाई कहाँको जिम्मेवारी (सूचीसहित)

काठमाडौँ । माओवादी केन्द्रले घोषणा गरेको विशेष अभियानलाई सफल बनाउन गण्डकी प्रदेशले केन्द्रीय सदस्य, प्रदेश सदस्यहरूको जिम्मेवारी तोकेको छ । प्रदेश इन्चार्ज देवेन्द्र पौडेलसहित बसेको बैठकले जिल्ला, पालिका, विभाग र जनवर्गीय संगठनको जिम्मेवारी हेरफेर गरेको हो ।

जसअनुसार यशोदा गुरुङ सुवेदीलाई नवलपुर, गोरखा, तनहुँ, लमजुङ र मनाङको जिम्मेवारी तोकिएको छ । हरि अधिकारीलाई मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, कास्की र स्याङ्जाको जिम्मेवारी दिइएको छ ।

Advertisement

यसैगरी, जातीय मुक्ति मोर्चामा सुरेश आलेमगर, विभागमा बालकृष्ण गैरे, जनवर्गीय मुक्ति मोर्चामा प्रदेश अध्यक्ष गायत्री गुरुङ रहेकी छिन् । विभागहरूमा बालकृष्ण गैरे र कार्यालयमा अतीन्द्र केशरी न्यौपाने रहेका छन् ।

त्यस्तै, जिल्लाअन्तर्गत मुस्ताङ इन्चार्ज कपिल लामा, म्याग्दी गुप्तबहादुर ठकुरी, बाग्लुङ गोविन्द्र पौडेल, पर्वत बलावती शर्मा इन्चार्ज रहेका छन्। यसैगरी, कास्की नेत्र अधिकारी, स्याङ्जा राजकाजी गुरुङ, नवलपुर अमर तमु, तनहुँ शैलेश घिमिरे, गोरखा दीपक कोइराला, लमजुङ आशा कोइराला र मनाङमा बुद्धिराम गुरुङ जिल्ला इन्चार्ज रहेका छन् ।

More News last news
Loading...