काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज गिरावट आएको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा आज ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ११ हजार चार सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ हजार ८५० रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ३७० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
