काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ बढेको छ। साेमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ।
योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
हिजो सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५५० रुपैयाँमा कारोबार भएको थियो।
साेमबार चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँ कायम भएको छ। आइतबार पनि चाँदीको भाउ स्थिर रहँदै तोलाको १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
