लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा युवा व्यवसायी विनोद श्रेष्ठले उम्मेदवारी दिने भएका छन् । उद्योगी व्यवसायीको भावना अनुसार आगामी भदौ २२ र २३ गते हुने संघको १४ औं अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेको श्रेष्ठले बताएका छन् ।
आफूले संघमा २ कार्यकाल कार्यसमिति सदस्य, क्रमश प्रथम, द्धितिय र बरिष्ठ उपाध्यक्षको कार्यकाल पूरा गरेको भन्दै अब स्वभाविक अध्यक्ष पदका लागी उम्मेदवारी दिने तयारी छ श्रेष्ठले भने । युवाहरु विदेशीने क्रम वर्षेनि वृद्धि हुँदै गएको बताउँदै श्रेष्ठले युवाहरुलाई स्वदेशमा नै बसेर व्यवसाय गर्नका लागि प्रेरित गर्नु नै आफ्नो मूख्य उद्धेश्य रहेको बताए ।
‘अहिले देशमा आर्थिक मन्दी देखिएको छ । यो विषम परिस्थितिमा व्यवसायीहरुको हकहितमा काम गर्ने गरी योजनाहरु बनाएको छु,’ उनले भने, ‘संघलाई नयाँ उचाईमा पु¥याउन मेरो सक्रियता निरन्तर रहन्छ।’
संघमा आफूले पु¥याएको योगदान र अध्यक्ष भएर काम गर्नसक्ने क्षमता समेतलाई मध्यनजर गरी संघका सदस्यहरुले आफूलाई न्याय गरी अध्यक्षमा पदमा निर्वाचित गराउनेमा विश्वस्त रहेको श्रेष्ठ बताए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
