स्याङ्जा । गल्याङ नगरपालिकाले गल्याङ नगरपालिका वडा न ११ जिमुवामा आधारभुत स्वास्थ्य सेवा केन्द्र निर्माण गरि आफ्नै भवनबाट सेवा सुरु गरेको छ । जिमुवा आधारभुत स्वास्थ्य सेवा केन्द्र भवनको नगर प्रमुख गुरु प्रसाद भट्टराईले उद्घाटन गरे।
कार्यक्रममा बोल्दै गल्याङ नगरपालिकाका नगर प्रमुख भट्टराईले नगरवासी हरेक नागरिकलाई हुनेगरी सहज स्वास्थ्य सेवाको पहुँचका लागि आफू कटिबद्ध रहेको बताए। उनले हाम्रो भुगोल सम्पन्न छैन र असहजताका बाबजुत पनि आम नागरिकलाई सर्वसुलभ र सहज तवरबाट सेवाको पहुँच पुर्याउन आफु र नगरपालिका लागिरहेको बताए।
गल्याङ नगरपालिकाको आ.व.२०७९-०८० मा करिव २६ लाखको लागतमा तयार गरिएको स्वास्थ्य केन्द्र बाट वडा न ११ र आसपास का करिव २५०० परिवार लाभान्वित हुने छन् । स्वास्थ्य सेवा केन्द्रको निर्माण र सेवा प्रवाहबाट आफुहरु खुसी भएको स्थानिय रुमलाल कंडेलले बताए।
कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपाने, नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु ओली,पुर्व वडाध्यक्ष एवम् स्वास्थ्य केन्द्र समितिका अध्यक्ष शंकर अधिकारी, निर्माण समिती अध्यक्ष चिरञ्जीवी कंडेल, वडा न ११ का वडासदस्य मोहन डुम्रे , कार्यालय प्रमुख केशरी थापा लगाएतले बोलेका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
