सय केजी सुन प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुग्यो (नामसहित)

काठमाडौं । करिब सय किलो सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको छ । हिजो साँझ थप तीनजना पक्राउ परेसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १० पुगेको हो । राजस्व अनुसन्धान विभागका अनुसार पक्राउ पर्ने थप तीनजना कार्गो कम्पनी सञ्चालक रहेका छन् ।

जसको नाममा सुन आएको थियो, त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागले जनाएको छ । बिहीबार साँझसम्म उक्त सुन प्रकरणमा १० जना पक्राउ परेको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए ।

Advertisement

त्यसमध्ये ६ जनालाई हिजै उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । हिजो दिउँसो पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनालाई भने आज म्याद थप गर्ने प्रहरीले तयारी गरेको छ । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङकङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।

यी हुन पक्राउ परेकाहरु:

जिक्वाङ लिङ (चिनियाँ नागरिक)

थिप्तेन छिरिङ (तिब्बतीय मुलका भारतीय नागरिक)

रामकुमार भुजेल (दोलखा)

दीलिप भुजेल (दोलखा)

हर्कराज राई (भोजपुर)

अशोक लामा (ट्याक्सी चालक)

राजन श्रेष्ठ (ठेगाना नखुलेको)

कृष्ण श्रेष्ठ (ठेगाना नखुलेको)

पुष्करराज भट्ट (ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक)

राजेन्द्र राई (भन्सार एजेन्ट)

More News last news
Loading...