एक वर्षपछि आज बस्ने भनिएको कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। अघिल्लो बैठकको ठिक एक वर्षपश्चात् असार २७ गते आज दिउँसो १ बजेका लागि बस्ने भनिएको बैठक  फेरि स्थगित भएको हो ।

कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित गरिएको हो। केन्द्रीय समिति बैठक अब कहिले बस्ने भन्ने बारेमा कुनै निर्णय भएको छैन ।

Advertisement

विधानअनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने बैठक कहिले सत्ता राजनीति मिलाउन त कहिले पार्टी नेता बालकृष्ण खाँण भ्रष्टचार मुद्दामा फसेपछि मिति तोकेर पनि सर्दै आयो ।

More News last news
Loading...