ललिता निवास प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ ✍️ नयाँपुस्ता डटकम २४ असार २०८०, आईतवार १८:५८ काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई आइतबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पक्राउ गरेको हो । Advertisement राउत काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट पक्राउ परिएको सीआईबीले जनाएको छ ।