प्रचण्डका ज्वाइँ आचार्य आर्थिक मन्त्री, आज सपथ ग्रहण

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ जीवन आचार्य प्रदेश १ को आर्थिक मन्त्री बन्ने भएका छन् । आचार्य दाहालकी कान्छी छोरी गंगा दाहालका श्रीमान् हुन्। मुख्यमन्त्री उद्धव थापा नेतृत्वको कोशी सरकारमा सहभागी हुने भएपछि माओवादीले प्रदेश सांसद् आचार्यलाई थापा नेतृत्वको नयाँ मन्त्रीमण्डलमा पठाउने भएको हो।

माओवादीले शुक्रबार नै आचार्यलाई मन्त्री बनाउने निर्णय गरेको थियो। शुक्रवार नै मन्त्री हुने पक्का भएका आचार्यलाई आज पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ।

Advertisement

शुक्रवारै नेपाली काङ्ग्रेसका तर्फबाट प्रदीप सुनुवार र एकीकृत समाजवादीबाट कमल प्रसाद जवेगु विना विभागीय मन्त्री नियुक्त भएका थिए।प्रचण्डका ज्वाइँ समेत रहेका आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्री बनाउने तयारी भएको श्रोतले जनाएको छ।

More News last news
Loading...