काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ।
मंगलबार प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार १० सय ५० रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको छ। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
