सुनको मूल्य बढ्यो, तोलाको कति ?

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भईहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement

यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको छ। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

More News last news
Loading...