पुरानो घाटा देखाउँदै मूल्य नघटाउने नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब नाघ्यो

काठमाडौँ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट मूल्य घटेर आएसँगै नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँ नाघेको छ । निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार निगमको १५  दिनको नाफा एक अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।

यस्तै यो हिसाबबाट सरकारी स्वामित्वको कम्पनी नेपाल आयल निगमको मासिक नाफा तीन अर्ब रुपैयाँभन्दा बढी भएको हो । तर निगमले पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा भाउ घटिरहँदा पनि पुरानो घाटा देखाउँदै मूल्य घटाएको छैन ।

Advertisement

अहिले निगमले उपभोक्तालाई बेचिरहेको पेट्रोलबाट लिटरमै १२ रुपैयाँ, डिजलमा १३ रुपैयाँ, मट्टीतेलमा २७ रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ३७ र बाह्य हवाई इन्धनमा प्रतिलिटर ५७ रुपैयाँ नाफा लिइरहेको छ । खाना पकाउने ग्यासमासमेत निगम प्रतिसिलिन्डर सात सात रुपैयाँ नाफामा छ ।

More News last news
Loading...