कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौँ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन्।

उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तगत दुई वा दुईभन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आह्वान गरेका हुन्। खापुङले नयाँ सरकार गठनका लागि ४ दिनको अर्थात् असार २१ गते अपराह्न ५ बजेसम्मको समय दिएका छन्।

Advertisement

प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत शुक्रबार ढलेको थियो। त्यसपछि कानूनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आह्वान गरेका हुन्।

यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा (२) को प्रयोग भइसकेको भन्दै सोही धाराको उपधारा (३) अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठनको आह्वान हुनुपर्ने दाबी गर्दै आएको थियो।

प्रदेश प्रमुख खापुङलाई संघीय सरकारको महान्यायाधिवक्ताको कार्यालयले पनि संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठन गर्न राय सुझाव दिएको थियो।

 

More News last news
Loading...