आफ्नै मेयर हुँदा पनि पर्याप्त बजेट नदिएको भन्दै घोराहीका एक वडाध्यक्षले दिए राजीनामा

काठमाडौं । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्।

गएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका शाहले आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट बनाउँदा आफ्नो वडालाई विभेद गरिएको भन्दै राजीनामा दिएको बताएका छन् ।

Advertisement

उनले पालीकाप्रमुख उपप्रमुख दुबै आफ्नै पार्टीबाट निर्वाचित हुँदासमेत प्रर्याप्त बजेट विनियोजन नगरेको भन्दै असन्तुष्टिस्वरुप राजीनामा दिएका हुन् ।

घोराहीमा मेयर उपमेयर दुबै एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । घोराहीमा मेयर नरुलाल चौधरी र उपमेयर हुमा डिसी रहेकी छन् ।

More News last news
Loading...