नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेसमा चिनियाँ टोली प्रथम

पोखरा l नेपालको पर्यटकीय नगरी पोखरामा आयोजित नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभलमा चीनको सिचुवान ड्रागन बोटले दोहोरो उपाधि जितेको छ । २०० र ५०० मिटर गरी दुवै इभेन्टमा सिचुवानको टिम प्रथम भएको हो ।

नेपालको नारा ड्रागन बोट टिम दुवै इभेन्टमा उपविजेता भयो । दुवै इभेन्टमा विजेता भन्दै सिचुवानले साढे ५ लाख दरले कुल ११ लाख र नेपाली टिम नाराले दुवैतर्फ साढे ३ लाख दरले कुल ७ लाख पायो ।

Advertisement

चीनको युनान ड्रागन बोट टिम दुवै विधामा तेस्रो र नेपालको एनआरसिए टिम चौंथो हुन सफल भयो । युनानले दुवै विधामा २ लाख दरले ४ लाख पुरस्कार पायो । प्रतियोगितामा भाग लिएका सबै ८ टिमलाई नै प्रति टिम १ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिइएको थियो ।

शनिबार समापनमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदुत चन सोङ, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य लगायतले पुरस्कार वितरण गरे।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा दक्षिण एसियामै पहिलो पल्ट नेपालमा सो फेस्टिभल भएको थियो । यो फेस्टिभल खासगरी चीनको सांस्कृतिक कार्यक्रम हो।

More News last news
Loading...