एनआरएन अष्ट्रेलियाको अध्यक्षमा अनिलको उम्मेदवारी घोषणा

काठमाडाैँ । गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको अध्यक्ष पदमा ३७ वर्षीय युवा अनिल पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । पोखरेलले आगामी जुलाइ २९ मा हुने निर्वाचनमा अध्यक्षमा उमेदवारी दिने घोषणा गरेका हुन् । अध्यक्षका आकांक्षी पोखरेल पेशाले सर्टिफाइड प्राक्टिसिङ एकाउन्ट (सीपीए) हुन् ।

एक दशक देखि एनाअरएनएमा आवद्ध भएका पोख्रेलले पछिल्लो दुई कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हालेका थिए । संस्थाको पारदर्शीता र यसको आर्थिक समायोजनलाई प्रभावकारी ढंगले निभाएको कारण दोश्रो कार्यकालमा आफू निर्बिरोध निर्वाचित भएको पोख्रेल बताउँछन् ।

Advertisement

एनआरएन अस्ट्रेलियाको पारदर्शिताका लागि उनकै कार्यकालदेखि त्रैमासिक लेखा विवरण सार्वजनिक हुन थालेको थियो । उनी भन्छन्,’यो एनआरएन अस्ट्रेलियाको पारदर्शिताको प्रभावकारी कोशेढुंगा साबित भएको छ, त्यसबाहेक कोषाध्यक्षका रुपमा मैले अस्ट्रेलियन बहु सांस्कृतिक विभाग र संघ संस्थासँग आर्थिक सहयोग जोहो गर्न पनि सफल भएको छु ।’

एनआरएनलाइ संस्थागतकरण, प्रविधिमैत्री, आर्थिक पारदर्शिता, कुशल संस्थागत प्रक्रिया, श्रोतको पहुँच, बिभिन्न तहका सरकारसंग सम्बन्ध विस्तार लगायतका कुराहरूमा उनले विशेष जोड दिँदै आएका छन् ।

अहिलेसम्मका योगदान र ब्यक्तिगत दक्षतालाई हेर्दै अष्ट्रेलियाबासी नेपाली समुदायले आफूलाई साथ दिने उनको विश्वास छ ।

‘समाजसेवा यस्तो कार्य हो जसले मानिसको अन्तरमनलाई अलौकिक आनन्द दिन्छ। एउटा यस्तो आनन्द जसले मानिसलाई अनवरत रुपमा समाजमा योगदान गर्न प्रेरित गर्छ। यहि प्रेरणा र माथि उल्लेखित संस्थागत अनुभबका साथ म अगाडि वढ्ने निर्णय गरेको छु,’ उनले भनेका छन्।

उनले अध्यक्षका रूपमा आफ्नो दुई वर्षे कार्यकालमा काम गर्नका लागि योजना समेत तयार पारिसकेको भन्दै केही समयपछि त्यसलाई सार्वजनिक गर्ने बताए ।

सिड्नीका युवाको संगठन नेप्लीज युथ एशोसिएसन अस्ट्रेलिया, चितवन समाज अष्ट्रेलियालगायत संघ संस्थासँग आवद्ध भएर काम गरिसकेका अनिल अब भने एनआरएन अष्ट्रेलियाको नेतृत्व लिनेगरि तयारी गरिरहेका छन् ।

More News last news
Loading...