पाेखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
प्रस्तुत बजेटमध्ये चालतुर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार अर्थात् कुल विनियोजित बजेटको ३८.१ प्रतिशत छ । यस्तै, पुँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार अर्थात् कुल बजेटको ६०.४ प्रतिशत छ । वित्तीय व्यवस्थातर्फ ५० करोड अर्थात् १.५ प्रतिशत रकम विनियोजन गरिएको हो ।
प्रदेशसभामा शुक्रबार आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले चालु आवको तुलनामा साढे २ अर्ब कम बजेट प्रस्तुत गरेका हुन् ।
साथै आगामी आवको लागि खर्च व्यहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ७ अर्ब ६२ करोड २५ लाख, राजस्व बाँडफाँटबाट ९ अर्ब ५ करोड ३२ लाख, रोयल्टी बाँडफाँटबाट ४० करोड ८ लाख १६ हजार, सशर्त अनुदानतर्फ ४ अर्ब ९४ करोड १५ लाख हुने अनुमान छ ।
प्रदेश राजस्व परिचालनबाट आन्तरिक राजस्व ५ अर्ब १६ करोड ९१ लाख प्राप्त हुने सरकारको अनुमान छ । चालु आवको वार्षिक कार्यक्रम कार्यान्वयनपश्चात ३ अर्ब नगद मौज्दान बचत हुने अनुमान छ । यसरी न्युन हुने रकममध्ये १ अर्ब ७० करोड आन्तरिक ऋणबाट पूर्ति हुने सरकारको व्यवस्था मिलाएको जनाएको छ ।
गण्डकी सरकारले चालु आवको लागि ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
