काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य बढेको छ। बिहीबार १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज तेजावी सुन पनि बढेर १ लाख ११ हजार २५० रुपैयाँ कायम भएके नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुनको मूल्य ८ सय रुपैयाँले घटेको थियो।
यस्तै, आज चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
