फेवातालको सिमसार पुरेर निर्मित संरचनामा महानगरले चलायो डोजर

पोखरा । पोखरा महानगरपालिकाको नगर प्रहरी टोलीले फेवातालको सिमसार क्षेत्र पुरेर निर्माण गरिएको प्लटिङमा डोजर चलाएको छ । पामे क्षेत्रको करिब ८० रोपनीमा निर्माण गरिएको प्लटिङ मंगलबार डोजर लगाएर भत्काइएको हो ।

पोखराका युवा व्यवसायी देवेन्द्र केसी र प्रकाश केसीले कृषि प्रयोजनका लागि जमिन उपयोग गर्ने अनुमति लिई सिमसार क्षेत्र पुरेर घडेरी बनाएका थिए । अर्का व्यवसायी युवराज खतिवडाले स्थानीयकै आग्रहमा सिमसार पुर्ने काम गरिरहेका छन् ।

Advertisement

खतिवडाको आफूले पुरेको क्षेत्र सिमसारमा नपर्ने जिकिर छ । सो क्षेत्रका स्थानीयले आफ्नो जग्गा प्लटिङ गर्न पाउने पर्ने माग गर्दै आइतबार प्रदर्शन गरेका थिए । तालको अस्तित्व संकटमा पर्दै जाँदा पोखरा महानगरले कुनै कारबाही गर्न नसकेको भन्दै चौतर्फी आलोचना भएको थियो।

त्यसपछि महानगर प्रमुख धनराज आचार्यले सिमसार क्षेत्रका सबै प्लटिङ डोजर लगाएर भत्काउन नगर प्रहरीलाई निर्देशन दिएपछि डोजर चलेको हो । यसअघि, फेवातालको सिमसार क्षेत्र पुर्ने कार्यविरुद्ध परेको रिटमा उच्च अदालत पोखराले अन्तरिम आदेश जारी गरेको थियो।

फेवाताल विश्व रामसार क्षेत्रमा सूचीकृत छ । २०१८ सालमा १० वर्ग किमीमा फैलिएको फेवाताल पछिल्लो समय अतिक्रमणको चपेटामा छ ।

More News last news
Loading...