पोखरामा विज्ञान प्रविधि महोत्सव तयारी

पोखरा । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आगामी जेठ ३१ र ३२ गते विज्ञान प्रविधि महोत्सव हुँदैछ ।
विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खोज तथा अनुसन्धानमा अभिप्रेरित गर्ने उद्देश्यले हिमालयन साईन्स फाउण्डेशन र विज्ञान शिक्षक समाजको सहआयोजनामा महोत्सव हुन लागेको फाउण्डेशनका अध्यक्ष आतंक बस्नेतले जानकारी गराए ।

उनका अनुसार गण्डकी प्रदेशका विभिन्न जिल्लाका विद्यालयबाट आएका विद्यार्थीले मानव जीवनका विभिन्न समस्याहरुलाई कसरी वैज्ञानिक प्रविधिद्वारा समाधान गर्न सकिन्छ भन्ने समाधानका साथ महोत्सवमा प्रस्तुत हुने बताए । यस अघि लुम्बिनी प्रदेशमा विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको थियो ।

Advertisement

नेपालका वैज्ञानिकहरुलाई संरक्षण गर्न नसक्दा देशले दक्ष वैज्ञानिकहरु गुमाइरहेको उनले बताए । विज्ञान विषयलाई पढाउने तौरतरिकामा फेरबदल गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । महोत्सवको मुख्य प्रायोजक वालाविज एजुकेशन सर्भिसेज हो ।

More News last news
Loading...