पोखरा नहरमा एक युवक मृत फेला

पोखरा । पोखरा–११ फूलबारी बस्ने ४२ वर्षीय रिखीराम शर्मा पौडेल नहरमा मृत फेला परेका छन् । स्थानीयको सूचना आधारमा कास्की प्रहरीले गएराति पोखरा १४, नवीन टोलस्थित नहरमा उनलाई मेत फेला परेका हुन् ।

शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा उनका छोराले सनाखत गरेको प्रहरीले जनाएको छ ।

Advertisement

मृत्युको विषयमा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

More News last news
Loading...