आज बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रति तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ।

सोमबार प्रति तोला १ लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भई रहेको सुन आज ९ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

Advertisement

यता, चाँदी प्रति तोला १ हजार ४ सय २० रुपैयाँमा कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो। सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय १५ रुपैयाँ कारोबार भएको थियो।

More News last news
Loading...