याैन दुर्व्यवहारकाे आराेपमा पक्राउ परेका मदन राई धराैटीमा रिहा

खोटाङ । यौन दुर्व्यवहारकाे आराेपका पक्राउ परेका खोटाङका कृषिविज्ञ मदन राई धरौटीमा रिहा भएका छन्। छात्रालाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा गएकाे वैशाख २९ गते पक्राउ परेका कृषिविज्ञ राई आज साेमवार पुर्पक्षका लागि चार लाख रुपैयाँ धरौटीमा छुटेका जिल्ला अदालत खोटाङका स्रेस्तेदार रामाकान्त यादवले जानकारी दिनुभयाे।

राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – २ सोल्मामा रहेकाे शुभद्रा मदन (शुभम) फाउन्डेशनका संस्थापक/सञ्चालक हुन्। फाउन्डेशनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीया छात्राले राईले आफूलाई यौन दुर्व्यवहार गरेको उजुरी दिएकी थिइन् । त्यही उजुरीका आधारमा राई पक्राउ परेका थिए ।

Advertisement

जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको एकल इजलासले मुद्दाकाे फैसला नभएसम्म पीडित छात्राकाे अन्तरिम संरक्षणका लागि फाउन्डेशनमा जान नपाउने गरी धरौटी तारेखमा रिहा गरेको हो।

आरोपीविरुद्ध जेठ २१ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बाल यौन दुरुपयोगसम्बन्धी अभियोग पत्र दायर गरेकाे थियाे । अभियोगपत्रमा राईलाई तीन वर्ष कैद र ७५ हजार रुपैयाँ जरिबाना माग गरिएको छ।

More News last news
Loading...