पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कास्कीले नागरिकता विधेयक प्रमाणीकरण र भारतको ‘अखण्ड भारत’ नक्सामा नेपालको भूमी समेटिएको विरोधमा पोखरामा प्रदर्शन गरेको छ । उनीहरुले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्लासमेत दहन गरे ।
राष्ट्रिय प्रजातान्त्रिक भूपू संगठन कास्की र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कास्कीको आयोजनामा बिहिवार पृथ्वीचोकमा राँको सहितको प्रदर्शन गरिएको हो ।
राप्रपाले नागरिकता विधेयक प्रमाणीकरण र भारतको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटिएको विरोधमा बिहीबार राँकोसहितको ‘राष्ट्रवादी प्रदर्शन’ गरिएको राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले जानकारी गराए । गिरीले सरकार नसच्चिए आन्दोलनका कार्यक्रम थप चर्किने चेतावनी दिए । सरकारले एकपछि अर्को गल्ती गरिरहेको र शरणार्थी प्रकरणमा मुछिएकाहरुलाई छुटाउने खेल भइरहेको उनले बताए ।
सहभागीले ‘दलाल सरकार मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, लुम्बीनी कपिलवस्तु हाम्रो हो, गणतन्त्रका दलाल होशियार, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हिन्दु राष्ट्र नेपाल जिन्दावाद, संघीयता खारेज गर, छया ! गणतन्त्र गनायो भारतीयलाई नेपाली बनायो, हामीलाई शरणार्थी बनायो, गणतन्त्र चाहिँदैन नेपाल बेच्न पाइँदैन’ लगायतका नाराबाजी गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
