काठमाडौं । मंगलबार सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले बढेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको थियो।
मंगलबार प्रतितोला २४ सय रुपैयाँले बढेर १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १३ सय ६० रुपैयाँ कायम भएकोमा मंगलबार १३ सय ७५ रुपैयाँ कायम भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
