सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएन

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिपरिषद् विस्तार भएको छ ।  मुख्यमन्त्री कमल बहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले शनिबार नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन् ।

नागरिक उन्मुक्ति पार्टी भने सरकारमा सहभागी भएको छैन । मुख्यमन्त्री शाहले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

Advertisement

नेकपा माओवादी केन्द्रबाट झपट साउदलाई सामाजिक विकास मन्त्रालय र रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो । माओवादीकै गीतादेवी माललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारीसहित शपथ ग्रहण गराइएको छ ।

२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका शाहले नेपाली कांग्रेसकै प्रकाशबहादुर देउवालाई भौतिक पूर्वाधार विकास र नेकपा एकीकृत समाजवादीका नरेश कुमार शाहीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

More News last news
Loading...