काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठक आज पनि चल्नेछ । गत बिहीबार सुरु भएको एमालेको चौथौँ केन्द्रीय समिति बैठक काठमाडौँमा जारी छ।
बिहीबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन पेस गर्नुभएको थियो । साथै, सल्लाहकार परिषद् तथा केही आयोगका प्रतिवेदन पनि पेस भएका थिए। त्यसपछि पनि मिसन ग्रासरुटका प्रतिवेदनहरू पेस भएका थिए।
प्रतिवेदनहरूमा विभिन्न भौगोलिक र गैरभौगोलिक समूह बनाएर छलफल भएको थियो। आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुहुने छ । साथै, समसामयिक प्रस्तावहरू पारित गरिनेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
