काठमाडौं । सभामुख देवराज घिमिरेले हत्या आरोप लागेका फरार नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएकोबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को ३ बमोजिम सांसद कोइरीलाई वैशाख १९ गते निलम्बित गरी सूचना टाँस भएकोबारे उनले जानकारी गराएका हुन् ।
यसअघिको संसद् अधिवेशनको अन्तिम बैठकमा सांसद कोइरी बिरामी भएर बैठकमा आउन नसकेको जानकारी सभामुखले प्रस्तुत गरेपछि एमालेबाहेक दलका सांसदले आपत्ति जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले अर्को अधिवेशनमा यसबारे निर्णय गर्ने प्रतिबद्धता जनाएका थिए ।
निलम्बित सांसद कोइरीमाथि ७ वर्षअघि भएको मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी थमन विकको हत्या गरेको अभियोग लागेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
