काठमाडौं । सुर्खेतको वीरेन्द्र नगरपालिका–३ का वडा अध्यक्ष विनोदसिंह विष्टले कर्णाली प्रदेश मुख्यमन्त्रीको कार्यालयमा कार्यरत उपसचिव नेत्र बहादुर कार्कीलाई मुक्का प्रहार गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ।
उक्त घटना केही समय पहिलाको भएपनि केही दिनअघिदेखि मात्रै सामाजिक सञ्जालमा भाईरल भएको हो । भिडियोमा वडा अध्यक्ष विष्ठले उपसचिवलाई एकै मुक्कामा लडाउँछन्। जनप्रतिनिधिले नै कानुन हातमा लिने काम गरेको भन्दै अहिले सामाजिक सञ्जालमा सर्वत्र विष्टको आलोचना भइरहेको छ।
घटनाको वास्तविकता बुझ्न खोज्दा वडा अध्यक्ष विष्ट उक्त घटना आफूले मानसपटलबाटै निकालिसकेको र केही थाहा नै नभएको बताउँछन् । बाँकी सुचना चाहिएमा प्रहरीसँग बुझ्नसमेत उनले आग्रह गरे । उपसचिव कार्की नाताले आफ्नो मामा भएको उनी बताउँछन् ।
‘यो पुरानो विषय वस्तु हो । त्यसबारेमा अहिले जानकारी छैन । मैले मानसपटलबाट नै निकालिसकेको कुरा हो । उपसचिवज्यू मेरो आफन्तै मान्छे हो, मामा हो । जिल्ला प्रशासनमा सोध्नुहोला ।
जिल्ला प्रहरी र प्रदेशको अर्थमन्त्रालयमा गएर मेलमिलाप भइसक्यो । उहाँले आत्मालोचना गर्नुभयो, माफी माग्नु भयो । त्यो बारेमा मलाई केहीपनि जानकारी छैन । मैले पिटेँ, पिँटिन भन्ने कुरा प्रहरीलाई थाहा होला, प्रहरीलाई सोध्नुस्,’विष्टले भने ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
